संवाददाता

विराटनगर। नेकपा एमाले मोरङले अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। नेकपा एमाले जिल्ला कमिटिको बैठकले सुन्दरहरैचा नगरपालिकाको बिराटचौकको जेसिस भवनमा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो । यही भदौ २० गते आईतबार हुने भेलामा अगुवा कार्यकर्ता सहभागी हुने नेकपा एकाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । पार्टी विभाजन पछि एमालेले पहिलो पटक मोरङमा अगुवा कार्यकर्ता गर्न लागेको हो। पार्टी तथा जनसंगठनहरुलाई सक्रिय बनाउनका लागि भेला आयोजना गर्न लागिएको पोखरेलले बताए । पहिलाको जस्तो अबस्थामा पार्टी रहन नसक्ने र अब पार्टीलाई तिब्र गतीदिनका लागि पनि यो भेला महत्वपुर्ण हुने नेकपा एमाले मोरङले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्