संवाददाता
विराटनगर । विराटनगर महानगर प्याब्सनको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । शिव अधिकारीलाई ७ मतले पराजित गर्दै उनी बुढाथोकी निर्वाचित भएका हुन् । अध्यक्ष पद बाहेक सबै पद सर्बसम्मत भएपनि अध्यक्षमा कुरा नमिल्दा मतदानबाट नेतृत्व छानिएको हो । ५६ जना जीनि बिद्यालयका सदस्य रहेको बिराटनगरमा बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित भए भने अधिकारीले २४ मत प्राप्त गरेका थिए । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो ।
अध्यक्षमा बुढाथोकी सहित समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिव हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । सदस्यहरूमा यादव प्रधान, चिरन्जिवी तिम्सिना, देवीलाल महतो, सीमा अग्रवाल, दिनेश ढुंगाना चुनिएका हुन् ।
यहाँ कमेन्ट गर्नुहोस्