Click Biratnagar
विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लागि गतिविधि गर्न सचिवालय स्थापना भएको छ । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक कार्यक्रमकाे आयाेजना गरि सचिवालय स्थाdपना गरेको हाे । मन्त्री सदानन्द मण्डलले सचिवालयको उद्घाटन गरे । मन्त्री संयाेजक रहने गरि सचिवालयमा पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह–संयोजक ताेकिएकाे छ ।
सह–संयोजक श्रेष्ठ र साहले आइतबारदेखि नै सचिवालयबाट पर्यटन गतिविधि अघि बढाउने बताएका छन् । कोशी प्रदेश सरकारले २०८२ मा १६ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट विदेशी पर्यटक नेपाल आउने दावी गरिएको छ ।
२०८२ वैशाख १ गते तेह्रथुम जिल्लाको लालिगुँरासको राजधानी तिनजुरे मिल्केमा प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षको शुभारम्भ गर्ने भनिएको छ।