०७ बैशाख २०८२, आइतबार

जिल्ला प्रशासन कार्यालय मोरङमा भिड, बारका आधारमा आलोपालो गर्ने तयारी

संवाददाता

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलवार सेवाग्राहीको निक्कै भिड थियो । बिभिन्न कामको सिलसिलामा आएका सेवाग्राहीले त्यही भिडको बिचमा आफ्नो काम गर्नु पर्यो । धनपालथानबाट आएका सेवाग्राहीले भिडका बिचमा नागरिकता लिन पाएको सुनाए ।
सरकारी नीति नियम पालना गराउने निकायले नै भिड ब्यवस्थापन गर्न सकेको देखिँदैेन थियो । जुनसुकै कामको लागि भिडमा लाईन लाग्नु पर्ने बाध्यताका बिच पनि सेवाग्राही कोभिडको प्रवाह नगरि आफ्नो सेवा लिँदै थिए । सबैभन्दा बढी भिड नागरिकता लिन आउने सेवाग्राहीको हुने गरेपछि जिल्ला प्रशासन कार्यालयले अब आलोपालो सेवा दिने तयारी गरेको जनाएकोछ । डिसिसिएमसीको बैठकले तत्काललाई सेवा नागरिकसम्म पुर्याउनको लागि र भिड कम गर्नको लागि पालिकागत रुपमा आलोपालो गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । भोलीदेखि प्रशासन कार्यालयले आलोपालो सेवा दिन लागेकोले सेवाग्राहीलाई त्यही अनुसारले जानकारी दिने काम भईरहेको उनले सुनाए । सुचना अधिकारी तिम्सिनाका अनुसार आईतबार र बुधबार सुन्दरहरैँचा नगरपालिका, बुढिगंगा र जहदा गाउँपालिका, सोमबार र बिहिबार बिराटनगर महानगरपालिकासहित धनकाल र कटहरी गाउँपालिकालाई सेवा दिईनेछ । त्यस्तै मंगलबार र शुक्रबार बेलवारी नगरपालिका, केरावारी र ग्रामथान गाउँपालिकाका सेवाग्राहीले सेवा पाउनेगरि पालो लगाईएको तिम्सिनाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउने, राहदानी बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने र नागरिकता लिनेहरुको बढी भिड देखिएको उनले बताए । अरुसेवाहरु एथावत रहने छ भने नागरिकता लिने सेवाग्राहीको लागि मात्र पालो लगाईएको छ।
सिमानाकामा कडाई
डिसिसिएमसीको बैठकले सिमा क्षेत्रमा कडाई गरेको छ। गत पुस २५ गतेको बैठक पछि सिमा क्षेत्रबाट हुने आउजाउमा कडाई गरेको प्रशासन कार्यालयले जनाएको छ । नेपालबाट भारत तर्फ जान र भारतबाट नेपाल तर्फ आउनको लागि खोप कार्ड र पिसिआर अनिवार्य गरिएको छ । पिसिआर परीक्षणको २४ घण्टा नकटेको परीक्षण रिपोर्टका आधारमा एन्टीजेन परीक्षण गरेर मात्र नेपाल प्रबेश दिने गरिएको उनले सुनाए ।

यहाँ कमेन्ट गर्नुहोस्